भारत र चीनसँग सन्तुलन मिलाएर काम गर्न नसके नेपालको राष्ट्रियतामाथि हमला हुनेवाला छ : नेता खनाल [भिडियो]
शनिबार, साउन १०, २०८२
त्यस्तै उनले पुष्पलााललाई सम्झँदै पुष्पलाल नेपालका जनतालाई प्रशिक्षित गर्ने पहिलो व्यक्ति रहेको बताए । उनले कम्युनिष्ट पार्टी एउटा मात्र हुने भएकाले अहिले कम्युनिष्ट पार्टी धेरै भएको बताए ।
ओलीसँगको एकता जोगाउन प्रयास गरें, पशुपतिमा मेरो विरुद्ध साँठगाँठ भयो : प्रचण्ड [भिडियो]
शनिबार, साउन १०, २०८२
प्रचण्डका अनुसार अध्यक्षका रूपमा आफैंले सञ्चालन गरेको एक मात्र बैठकमा ९० प्रतिशत नेताहरू खुसी थिए । उनलाई त्यतिबेला नेकपा एकता दीर्घकालीन हुने विश्वाससमेत लागेको थियो। तर, केही दिनमै परिस्थिती उल्टिएको उनले बताए ।
विपद्को विषयलाई ठिक ढङ्गले सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री
शनिबार, साउन १०, २०८२
उनले नेपाल प्राकृतिक विपद् जोखिमको उच्च जोखिममा रहेको देश भएको उल्लेख गर्दै भूकम्प, बाढी, पहिरो, डुबान र चट्याङलगायतका विपद्ले देशलाई निरन्तर चुनौती दिइरहेको बताए । ‘अब केही समयपछि अत्यधिक वर्षा भएर फेरि बाढी र डुबानको स्थिति हुन सक्छ,’ उनले भने ।
विप्लव नेकपाको गुल्मी–काठमाडौँ सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित
शनिबार, साउन १०, २०८२
उनीहरूलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रमा स्वागत गरे। नेकपा (विप्लव) को सम्पर्क समिति सहित अन्य राजनीतिक दल परित्याग गरेर नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयात्मक बैठक जारी
शनिबार, साउन १०, २०८२
गृहमन्त्री रमेश लेखकको उपस्थितिमा समिति बैठकमा देशभरका सबै जिल्ला प्रशासन प्रमुखहरूसँग जुम मार्फत छलफल भइरहेको छ । बैठकमा मधेश प्रदेश विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको सन्दर्भमा भर्चुअल रूपमा छलफल भइरहेको छ ।
केही मुठ्ठीभरका दलालले राज्य कब्जा गरेका छन् : प्रचण्ड
शनिबार, साउन १०, २०८२
‘नेपालमा अहिले दलाल पुँजीपतिहरू र बिचौलियाहरूले राज्य कब्जा गर्दै छन्,’ उनले भने, ‘आजको विकास र समृद्धिको यात्रामा मुख्य बाधक यही हो । अवस्था दयनीय छ । संघीय निजामती विधेयकमा भएको छेड छाड लाजमर्दो थियो, जसले सांसदहरूलाई समेत अपमानित गरायो ।’
‘कुलिङ पिरियड’मा एमालेको षड्यन्त्र, छानबिनमा प्रधानमन्त्री ओली पनि पर्नुपर्छ : प्रचण्ड [भिडियो]
शनिबार, साउन १०, २०८२
प्रचण्डले ऐनबारे संसदमा भएको संशोधन र एमाले सांसदहरूको भूमिकालाई संकेत गर्दै उक्त दलको नियतमै समस्या रहेको बताए । उनले भने, ‘संघीय निजामती ऐन जुन कुलिङ अफ पिरियडमा एमालेले म्याउँ गरेरै छाड्यो । उसको नै नियत रहेछ संघीय निजामती ऐनका विरुद्धमा षड्यन्त्र गर्ने ।’
८० प्रतिशत युवाहरुले बिना जागिर महिनाको २ लाख कमाउँछन् : शिक्षामन्त्री [भिडियो]
शनिबार, साउन १०, २०८२
शनिबार काठमाडौंका आयोजित नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौ महानगरपालिका १५ वडा कमिटीद्वारा एसईई सम्मान बधाई तथा शुभकामना दिँदै अहिलेका युवाहरुले घरमै बसेर विदेशका विभिन्न कम्पनीबाट काम लिई ल्याप्टपबाट काम गरि पठाउँदा नेपालमा वार्षिक १ खर्ब रुपैयाँ आम्दानी भएको बताए ।
बागमतीका चार मन्त्री बर्खास्त
शनिबार, साउन १०, २०८२
मुख्यमन्त्री लामाले संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेलाई पदबाट बर्खास्त गरेका हुन् ।
नेपाल–भारत गृह सचिवस्तरीय बैठक : आपराधिक गतिविधि नियन्त्रणमा सहकार्य गर्न प्रतिवद्ध [भिडियो]
शुक्रबार, साउन ९, २०८२
बैठकमा गृहसचिव दुवाडीको नेतृत्वको १२ सदस्यीय नेपाली टोलीमा नेपाल प्रहरीका एआइजी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका एआइजी गणेश ठाडामगर, राष्ट्रिय अनुसन्धान विभागका एआइजी टेकेन्द्र कार्की, गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारी लगायत सहभागी भएका थिए ।
कांग्रेस अझै कमजोर छ, निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता छ - सभापति देउवा [भिडियो]
शुक्रबार, साउन ९, २०८२
उनले भने, ‘नाममा नेपाल कम्युनिष्ट पार्टी भएपनि व्यवहारमा सबै पार्टीहरु लोकतान्त्रिक समाजवादी पार्टीको रुपमा काम गरिरहेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी भइसकेपछि, काम गर्न अलि समस्या भएपनि विस्तारै बानी पर्छ । पार्टी लोकतान्त्रिक समाजवादी पार्टी हो । तर अझै पनि त्यती बलियो भइ सकेका छैनौ ।’
‘मुख्यमन्त्री लामामाथि अविश्वास पैदा भएकाले अविश्वासको प्रस्ताव दर्ता’
शुक्रबार, साउन ९, २०८२
शुक्रबार हेटौँडास्थित प्रदेश संसदीय दलको कार्यालयमा पुगेर अविश्वासको प्रस्ताव दर्ता गरेपछि बानियाँले यस्तो बताएका हुन् । बानियासहित २१ जना सांसदले मुख्यमन्त्री सिंहविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको उनको दाबी छ ।
बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता
शुक्रबार, साउन ९, २०८२
२१ सांसदको हस्ताक्षरसहित संसदीय दलका सचिव कृष्ण कुमार तामाङलाई हस्ताक्षर बुझाउँदै अविश्वास प्रस्ताव दर्ता गरिएको छ । बहादुरविरुद्ध संसदीय दलमा २४ जना रहेको बताइएपनि ३ जना भने हस्ताक्षरका लागि उपस्थित भएनका छैनन् । बागमती प्रदेशमा कांग्रेसका ३७ सांसद छन् ।
साताको लोकप्रिय

![भारत र चीनसँग सन्तुलन मिलाएर काम गर्न नसके नेपालको राष्ट्रियतामाथि हमला हुनेवाला छ : नेता खनाल [भिडियो]](https://www.harsamaya.com/uploads/posts/Jhalanath-Khanal-1737133608.png)