Harsamaya
काङ्ग्रेसको केन्द्रीय समिति बैठक आज, सभापति देउवा सहभागी हुने
नेपाली काँग्रेस केन्द्रीय कार्यालय ।

काठमाडौं - नेपाली काङ्ग्रेसको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । यसअघि असोज २६ गते बस्ने भनिएको केन्द्रीय समितिको पूर्ण बैठक २८ गतेको लागि सारिएको हो । 

आजको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा पनि उपस्थित हुने बताइएको छ । जेनजी प्रदर्शनकारीले घरमै कुटपिट गरेपछि देउवा अहिलेसम्म सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । 

यस अघिको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा पनि देउवा उपस्थित भएनन् । जेनजी प्रदर्शन पछि बस्न लागेको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update