Harsamaya
बाढी प्रभावितलाई प्रधानमन्त्री शाहको सन्देश– ‘तपाईंहरू एक्लो हुनुहुन्न’
प्रधानमन्त्री वालेन्द्र शाह ।

काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकसहित सबै नागरिकलाई राज्य र सरकार साथमा रहेको बताएका छन् । 

सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले नुवाकोटको बेत्रावतीमा ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धारले खोज तथा उद्धार कार्य अझै जारी रहेको सन्देश दिएको बताए । 

प्रधानमन्त्री शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई अस्थायी शिविरमा राहत, स्वास्थ्य सेवा तथा मनोसामाजिक परामर्श उपलब्ध गराइएको जानकारी दिए । उनले अस्थायी बसाइ छोटो बनाएर छिट्टै सुरक्षित बसोबासको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले आफन्त गुमाएका नागरिकको आक्रोश स्वाभाविक रहेको भन्दै पीडितमाथि अनावश्यक टिप्पणी र थप पीडा दिने कार्यप्रति सरकार निर्मम हुने चेतावनी दिए । 

बाढीपछि खोज तथा उद्धारमा आफ्नो ज्यान जोखिममा राखेर खटिएका सुरक्षाकर्मीप्रति प्रधानमन्त्रीले आभार व्यक्त गर्दै उनीहरूको आत्मबल बढाउनु सबैको कर्तव्य भएको बताए । 

प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  २१:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update