काठमाडौं - गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्राकृतिक तथा मानवजनित विपद्का दृष्टिकोणले अति संवेदनशील मुलुक भएको बताएका छन् ।
उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरणसम्बन्धी चौथो राष्ट्रिय सम्मेलनमा सोमबार बोल्दै प्रत्येक वर्ष विपद्का कारण मुलुकमा ठूलो मात्रामा जनधनको क्षति हुने गरेको बताए ।
मन्त्री अर्यालले भौगोलिक दृष्टिले नेपाल सुन्दर भएपनि त्यति नै जोखिमपूर्ण पनि रहेको उल्लेख गरे ।
उनले भने, ‘नेपाल भूकम्प, बाढी, पहिरो, डुबान, आगलागी, सुख्खाजस्ता प्राकृतिक विपद् र अन्य मानवजनित विपद्को जोखिममा परेको देश हो । यस्ता विपद्का कारण न केवल जनधनको क्षति हुँदै आएको छ, विकासको गति समेत अपूर्ण रहँदै आएको तथ्य सबैलाई ज्ञात छ ।’
गृहमन्त्री अर्यालले विपद्लाई केवल प्राकृतिक घटना मात्र नभई सामाजिक, संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको र यस विषयमा प्रभावकारी नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्दै आएको बताए ।
उनले भने, ‘नेपाल विपद् संवेदनशिल क्षेत्रको रुपमा रहेको छ । हरेक वर्ष विपद्को कारण नेपालमा ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । नेपाल भौगोलिक रुपले सुन्दर छ । तर त्यतिकै जोखिमपूर्ण पनि छ । हामीले विपद्लाई प्राकृतिक मात्र नभैइ सामाजिक, संरचनात्मक र नीतिगत कमजोरीसँग पनि जोडेर हेर्नु आवश्यक छ । नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै आएको छ ।’