Harsamaya
लोसपाले फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन
लोसपाले फिर्ता लियो मधेस सरकारलाई दिएको समर्थन ।

सर्लाही - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । लोसपाबाट प्रदेश सरकारमा सहभागी शिक्षा, युवा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले पदबाट राजीनामा दिएपछि पार्टीले समर्थन फिर्ता लिएको घोषणा गरेको हो । शर्माको राजीनामासँगै लोसपा अब सरकारबाट पूर्ण रूपमा बाहिरिएको छ ।

मुख्यमन्त्री सतिश कुमार सिंहले पार्टी निर्देशानुसार नचलेको आरोप खेपिरहेका छन् । जनमत पार्टीबाट निर्वाचित सिंहले  मङ्गलवार दिउँसो १ बजे विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेशसभाको बैठक सोही प्रयोजनका लागि आह्वान गरिएको छ ।

यसअघि नै नेपाली काँग्रेस र नेकपा एमालेले सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् । अहिले एमाले र जनमतको समर्थनमा काँग्रेसले नयाँ सरकार गठनको दाबी अघि सारेको छ ।

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update