Harsamaya
मङ्सिर अन्तिम साता ११औँ महाधिवेशन गर्ने एमालेको निर्णय
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठक ।

भक्तपुर - नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिवालय बैठकले पार्टीको ११औँ महाधिवेशन आगामी मंसिरमा आयोजना गर्ने निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भक्तपुरको गुण्डुस्थित ओली निवासमा आज सम्पन्न बैठकले आगामी मङ्सिर अन्तिम साता महाधिवेशन आयोजना गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

महाधिवेशनको मिति र स्थान यही असोज २९, ३०, ३१ गते बस्ने पार्टी केन्द्रीय कमिटी बैठकले तय गर्ने जानकारी दिँदै उनले देशको विषम परिस्थितिका कारण एक वर्षअघि नै महाधिवेशन गर्न लागेको बताए ।  

विसं २०७८ मङ्सिर १० देखि १४ गतेसम्म भएको १०औँ महाधिवेशनले पाँच वर्षका लागि ओली नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो भने एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा सम्पन्न भएको थियो । 

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  २२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update