Harsamaya
सात वर्षमा चौथो पटक म्याद थप गर्दा पनि चार किमी सडक कालोपत्र भएन
सात वर्षमा चौथो पटक म्याद थप गर्दा पनि चार किमी सडक कालोपत्र भएन निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए अहिले काठेखोला गाउँपालिकाको केन्द्रबाट वडा नं ७ को रेश पुग्ने सडक कालोपत्र भइसक्दथ्यो । गाउँपालिकामा पहिलोपटक रेश जाने सडक कालोपत्रका लागि २०७६ सालमा काम थाले पनि अझै अधुरै छ ।
भुल्केका ४६८ घरमा ‘एक घर, एक धारा’
भुल्केका ४६८ घरमा ‘एक घर, एक धारा’ भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ३ भुल्केले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेर चार सय बढी घरमा पिउने पानी वितरण गरेको छ । वडाले यो अभियानअन्तर्गत स्थानीयको पानीको समस्या समाधन गरेको हो ।
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौँ–तराई-मधेस द्रुतमार्गको निरीक्षण गरेका छन् ।  त्यस क्रममा उनले आयोजनाको प्रगतिबारे जानकारी लिनुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
भेरी करिडोर सडक स्तरोन्‍नति गर्न चार अर्ब बजेट सुनिश्चित
भेरी करिडोर सडक स्तरोन्‍नति गर्न चार अर्ब बजेट सुनिश्चित बजेट सुनिश्चित भएसँगै नेपाली सेनाले ट्र्याक खोलेको उक्त खण्डमा अब नयाँ ठेक्का आह्वान गरी स्तरोन्नति गरिने भेरी करिडोर आयोजना प्रमुख सुनिल रञ्जितकारले जानकारी दिए । पूर्वमन्त्री बुढाका अनुसार केही दिनमा पुल निर्माणका लागिसमेत बजेट सुनिश्चित गर्ने तयारी भइरहेको छ । हाल बेलिब्रिज भएको स्थानमा पक्की पुल निर्माण गर्ने आयोजनाको लक्ष्य...
कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम
कन्काई पुल : पाँच पटक ठेक्काको म्याद थप , १३ वर्षमा आधा काम २०७२ को जेठ २९ मा काम सक्नुपर्ने समयसीमा तोकिएको भए पनि, हालसम्म पुलको ५८ प्रतिशत भौतिक प्रगति भएको छ ।  पाँच पटकसम्म ठेक्काको म्याद थप गरिए पनि निर्माणमा गति आउन नसकेको कार्यालयका सूचना अधिकारी समेत रहेका इञ्जिनियर प्रभात किरण राईले जानकारी दिए ।  उनका अनुसार पाँचौँ पटक थप भएको म्याद...
अझै स्तरोन्नति भएन शहीदमार्ग
अझै स्तरोन्नति भएन शहीदमार्ग शहीदका नाममा बनेको सडक वर्षौँ बित्दासमेत स्तरोन्नति हुन सकेको छैन । सडक स्तरीय नहुँदा सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । बागलुङको काठेखोला गाउँपालिका–५ रिजालचोकदेखि अमरभूमि हुँदै ताराखोला गाउँपालिकाको केन्द्रलाई जोड्ने सहीद मार्ग विस्तार तथा कालोपत्र नहुँदा जनगुनासो बढ्दै गएको छ ।
हरिवन र हरिहरपुरगढीबीच सडक स्तरोन्नति गर्ने सम्झौता
हरिवन र हरिहरपुरगढीबीच सडक स्तरोन्नति गर्ने सम्झौता सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका बीचमा स्तरोन्नति रेखा विस्तार छ । तारा हरिवन नगरपालिका र हरिहरपुरगढी गाउँपालिका जोडिने बिभिन्न चार चरणको चरणमा स्तरोन्नतिको व्याख्या गरिएको छ ।
नख्खुडोल पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण
नख्खुडोल पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण बाढीबाट क्षति पुगेको नख्खुडोल पुलमर्मत नहुँदा स्थानीयहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । ललितपुर महानगरपालिका–१४ को नख्खुडोल र वडा नं १५ को सैँवु जोड्ने नख्खु खोला पुल गत असोज १२ गते आएको बाढीले क्षतिग्रस्त बनेको थियो ।
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालनमा आएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किबासस्थित विनयी खोलामा रहेको पुल शुक्रबार साँझ भाँचिदा यातायात सञ्चालन पूर्णरूपमा रोकिएको थियो । 
पचास शय्याको अस्पताल भवन : थपिएको म्याद सकियो, निर्माण सकिएन
पचास शय्याको अस्पताल भवन : थपिएको म्याद सकियो, निर्माण सकिएन तोकिएको समयमा सम्पन्न नभएपछि थप भएको म्यादभित्र पनि जिल्ला अस्पताल खोटाङको भवन बनाउनबाट ठेकेदार कम्पनी चुकेको छ। श्याम सुन्दर-रामसागर-नेपाल फूलबारी जेभी थप भएको म्यादभित्र पनि जिल्ला अस्पतालको सुविधासम्पन्न ५० शय्याको भवन बनाउन असफल भएको हो।
म्याग्दीका सडक योजनामा बजेट अभाव
म्याग्दीका सडक योजनामा बजेट अभाव गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रू दुई करोड विनियोजन गरेको बेनी–पाखापानी सडक योजनाको रू एक करोड ९४ लाख छ महिनामै खर्च भइसकेको छ ।
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लाकमार्गअन्तर्गत कास्की–बागलुङखण्डको एक सय ९३ किलोमिटर सडक कालोपत्र भएको छ । कूल दुई सय ५० किमिको उक्त खण्डमध्ये कास्कीको मादी गाउँपालिकाको भैँसेदेखि पोखरा महानगरपालिकाको याम्दी पुलसम्म ३८ किमि र बागलुङको उपल्लाचौर–घोडाबाँधेअन्तर्गत १३ किमि सडक कालोपत्र हुन बाँकी छ । आयोजना कार्यालयका अनुसार स्तरोन्नति हुन बाँकी...
Weather Update