जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनीतालाई मात्र ४२१ मत
शनिबार, फागुन २३, २०८२
अन्तिम मतगणनाअनुसार शाही १४ हजार ८१६ मतसहित विजय भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका थिए ।
रौतहट १ मा रास्वपाका राजेश कुमार चौधरी निर्वाचित, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल चौथो स्थानमा
शनिबार, फागुन २३, २०८२
यहाँ नेकपाका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल चौथो स्थानमा रहे, उनले ७ हजार ६ सय ६९ मत मात्र पाए । यहाँ नेपाली काँग्रेसका ८ हजार ५ सय ७४ मत पाए ।
कञ्चनपुर - २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका दिपकराज बोहरा निर्वाचित
शनिबार, फागुन २३, २०८२
उनी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नेता एनपी साउदलाई २३ हजार मतले पछि पार्दै निर्वाचित भएका हुन् । उनी ३३ हजार ९५२ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
झापा-५ मा रास्वपा वरिष्ठ नेता बालेन निर्वाचित, ४९ हजार भन्दा बढी मतले पूर्व प्रधानमन्त्री ओली पराजित
शनिबार, फागुन २३, २०८२
झापा–५ यस वर्षको निर्वाचनमा सबैभन्दा बढी चर्चाको केन्द्रमा रहेको थियो । काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन शाहले उम्मेदवारी दिएसँगै यो क्षेत्रमा ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर चर्चा चुलिएको हो ।
सुर्खेत-२ मा रास्वपाका रमेश सापकोटा विजयी
शनिबार, फागुन २३, २०८२
उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायण कोइराला १६ हजार १९६ मतसहित दोस्रो स्थानमा छन् भने नेकपा एमालेका कुलमणि देवकोटा १२ हजार ८९१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
ललितपुर क्षेत्र नम्बर–३ मा रास्वपाकी तोसिमा कार्की विजयी
शनिबार, फागुन २३, २०८२
‘आज देशभरिबाट जनताको जित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी वा म तोसिमाले मात्र हैन समग्र मेरो पार्टीले यो जितलाई जिम्मेवारीको रूपमा लिएको छ,’ उनले भनिन्, ‘नेपाली जनताको अब सुखको दिन आउँदै छ । धैर्य गर्नुहोला हामी काम गर्छौ, काम गरेर देखाउन चाहान्छौँ ।’
लमजुङमा रास्वपाका केसी विजयी
शनिबार, फागुन २३, २०८२
कुल एक लाख ३७ हजार १२४ मतदाता रहेको जिल्लामा ७५ हजार ४६० मत खसेको छ ।
अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी
शनिबार, फागुन २३, २०८२
यस क्षेत्रमा नेकपा (एमाले)का पीताम्बर भुसालले २२ हजार ६४९, नेपाली कांग्रेसका विष्णुप्रसाद खनाल (मुस्कान)ले १८ हजार ९८३, नेपाली कम्युनिष्ट पार्टीका रामबहादुर चौहानले तीन हजार ८४७ मत प्राप्त गरे ।
कैलाली-५ मा रास्वपाका आनन्दबहादुर चन्द निर्वाचित
शनिबार, फागुन २३, २०८२
त्यस्तै, नेपाली कांग्रेसका नरनारायण शाहले ११ हजार ९५८ मत, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार प्रेमबहादुर आलेले सात हजार ८७६ मत र नेकपा (एमाले) का उम्मेदवार यज्ञराज ढुङ्गानाले पाँच हजार ८३९ मत प्राप्त गरेका छन् ।
गुल्मी–१ र २ मा सागर र गोविन्द विजयी
शनिबार, फागुन २३, २०८२
अन्तिम मत परिणाम अनुसार ढकालले निकट प्रतिस्पर्धी ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछि पार्दै विजयी भएका हुन्।
शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले पछि पार्दैआचार्य विजयी
शनिबार, फागुन २३, २०८२
त्यस्तै कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार २७७ र नेपाली कम्युनिष्ट पार्टीका निर्मलकुमार आचार्यले ७ हजार ८१ मत प्राप्त गरेका छन् ।
रेनु दाहाललाई पराजित गर्दै सोविता गौतम निर्वाचित
शनिबार, फागुन २३, २०८२
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौतमले ५९ हजार २ सय ७७ मत ल्याएकी छिन् भने दाहालले २० हजार ६ सय १५ मत ल्याइन् । गौतम र दाहाल बीचको मतान्तर ३८ हजार ६ सय ६२ छ ।
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित
शनिबार, फागुन २३, २०८२
गत उपनिर्वचनमा स्वर्णिम १४ हजार ७९७ मतान्तरसहित निर्वाचित भएका थिए ।
साताको लोकप्रिय

