Harsamaya
खप्तड छेडेदह–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको निधन
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

बाजुरा - खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको  उमेरमा गएराति निधन भएको छ । 

गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथका अनुसार २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित विष्ट टाउकाको ‘क्यान्सर’बाट पीडित थिए । 

 गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले समाजसेवी समेत रहेका वडाध्यक्ष विष्टको निधनमा गाउँपालिकाले एक दिन शोक बिदा दिने र आधा झण्डा झुकाउने बताए । 

प्रकाशित मिति: बिहीबार, वैशाख १०, २०८३  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update