कालीगण्डकी करिडोरः मुस्ताङमा बने थप ३ वटा मोटरेवल पुल
आइतबार, माघ २७, २०८१
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङका तीन वटा मोटर चल्ने पुल निर्माण भएको छ।
नौ हजार बढी बाख्रालाई पिपिआर विरुद्धको खोप
आइतबार, माघ २७, २०८१
यहाँको शुक्लाफाँटा नगरपालिकाका नौ हजार नौ सय ६९ बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइएको छ ।
नगरपालिकाका आठ वटा वडामा पशु प्राविधिक परिचालन गरी निःशुल्क रुपमा खोप लगाइएको हो ।
बागमती भूतपूर्व सैनिक संघको अध्यक्षमा मणिलोचन न्यौपाने चयन
आइतबार, माघ २७, २०८१
सदस्यमा भने लिला बहादुर तामाङ,रमेश अधिकारी ,फटक बहादुर कार्की ,रामकृष्ण थापामगर ,कृष्ण कुमार बानियाँ,पशुपति पौडेल ,बुद्धि बहादुर तामाङ ,भरत पाण्डे,शुक बहादुर गुरुङ ,श्याम बहादुर गुरुङ ,नवराज श्रेष्ठ ,सुक बहादुर गुरुङ ,मधुकर केसि ,गोर्कण बोगटी र विजय गुरुङ निर्वाचित भएको निर्वाचन अधिकृत राजेश पाण्डेले बताए।
विदुर नगरपालिकामा आज सार्वजनिक बिदा
आइतबार, माघ २७, २०८१
नगर सदस्य धनमाया सुनारको निधन भएपछि नगरपालिकाले आज शोक बिदा दिएको नगरपालिकाले जारी सूचनामा भनिएको छ । सुनारको शनिबार निधन भएको थियो ।
निजी अस्पतालहरूमा मुख्यमन्त्रीको अनुगमन, धेरै अस्पताल स्विकृतिबिनै सञ्चालन
शनिबार, माघ २६, २०८१
शनिबार जनकपुरधामको मुजेलियादेखि भ्रमरपुराचोकसम्मका बीस वटा निजी अस्पतालमा शनिबार अनुगमन गरेका मुख्यमन्त्री सिंहले बहुसंख्यक अस्पताल कानुनअनुसार संघ, प्रदेश र स्थानीय सरकारबाट स्वीकृति नलिइकनै सञ्चालन भइरहेकाले ती ठाउँमा उपचार गराइरहेका बिरामीलाई वैधताप्राप्त अस्पतालमा सारेर अस्पताल बन्द गर्न सञ्चालकहरूलाई निर्देशन दिएका हुन् ।
देवघाटमा भक्तजनको भीड (फोटो फिचर)
शनिबार, माघ २६, २०८१
गोसाइँकुण्डबाट आएको त्रिशूली र मुक्तिनाथबाट आएको कालीगण्डकी दोभान देवघाटमा माघमा नुहाउँदा फल प्राप्त हुने जनविश्वास छ । स्वदेशका मात्रै नभएर भारतका हिन्दुहरू पनि देवघाटमा स्नान गर्न आउने गर्दछन् । माघेसंक्रान्तिमा देवताहरू पनि नुहाउन, तीर्थ गर्न देवघाट आउने धार्मिक कथन रहेको छ ।
डोटीमा अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता
शनिबार, माघ २६, २०८१
बोगटान फुड्सिल गाउँपालिका–५ उपल्ला गाउँका सुरेश बोहरा र वडा नम्बर ७ ओजेलीका निर्मल धामीलाई प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले घरमै पुगेर नागरिकताको प्रमाणपत्र उपलब्ध गराएका थिए ।
बाजुरामा बाटोमै बच्चा पाएकी सिर्जनाको उद्धार
शनिबार, माघ २६, २०८१
स्वास्थ्य चौकी भन्दा एक घण्टा टाढा बाटोमै शिशु जन्माएपछि उनलाई महिला स्वास्थ्यकर्मीले स्ट्रेचरमा बोकेर स्वास्थ्य केन्द्र पु्याएका थिए। माझपाली आधारभूत स्वास्थ्य केन्द्रकी स्टाफ नर्स सिता खडुकाले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइन्।
वालिङ–हुवास सडक: ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र गरिँदै
शनिबार, माघ २६, २०८१
संघीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बहुवर्षीय आयोजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि रु चार करोड विनियोजन भएपछि सडक निर्माण अघि बढाइएको हो । मन्त्रालयबाट बजेट स्वीकृत भएसँगै शुक्रबार सडक डिभिजन कार्यालय पोखराको प्राविधिक टोलीले नाप जाँच गरिसकेको छ ।
मध्यरातमा मुख्यमन्त्री सिंहले गरे अस्पताल अनुगमन, मुस्कान अस्पताल बन्द गर्न निर्देशन
शनिबार, माघ २६, २०८१
पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहले स्वास्थ्य संस्थाको अनुगमन अभियान सुरु गरेका थिए। तर, मधेश प्रदेशमा उनको स्थानमा स्वास्थ्य मन्त्रीको जिम्मेदारी शत्रुधन सिंह कोइरीले पाएदेखि स्वास्थ संस्थाको अनुगमन निरीक्षण रोकिएको छ ।
बर्दगोरिया गाउँपालिकाले विपन्न परिवारका लागि निःशुल्क शववाहन र अन्त्येष्टि खर्च दिने
शनिबार, माघ २६, २०८१
शववाहन सञ्चालनसँगै सहयोग स्वरूप गाउँपालिकाले मृतकको काजकिरिया खर्चबापत १० हजार उपलब्ध गराउने भएको छ । अतिविपन्न परिवारलाई मृतकको अन्त्येष्टि गर्न आर्थिक अभावका कारण कठिनाइ हुने अवस्थामा केही राहत पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराउन थालेको कुँवरले बताए । परिवारको सदस्य गुमाएको पीडा एकातर्फ छँदैछ कुँवरले भने, ‘त्यसमाथि आर्थिक अभावले झनै...
तीस किलोको खुकुरी !
शनिबार, माघ २६, २०८१
उनले तयार पारेको ३० किलो खुकुरी आठ फिट लम्बाइ छ भने दापसहित ४२ किलोको छ । तीन जना व्यक्तिको सहायता लिएर २० दिनमा खुकुरी तयार पारेको विश्वकर्मा बताउँछन् । खुकुरी निर्माणमा ज्याला खर्चबाहेक ३० हजार बराबरको खर्च भएको उनले बताए । विश्वकर्माले प्रदर्शनीमा राखेको खुकरीले दर्शकको मन जितिरहेको छ ।
काठमाडौं महानगरले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने
शनिबार, माघ २६, २०८१
बैठकले आधारभूत तह (कक्षा–८) उत्तीर्ण परीक्षा समितिका सदस्य मनोनयन गरेको छ । कामपाको विद्यालय शिक्षा नियमावली, २०७४ को नियम ३६ (२) मा आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको सञ्चालन र व्यवस्थापन गर्नका लागि शिक्षा अधिकारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।
साताको लोकप्रिय

