
मुगु - जुम्लामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । सोमबार राती ९ बजे लु २ त १११५ नम्बरको ट्याक्टर जुम्ला एयरपोर्टबाट चन्दननाथ ९ को तलिउम तर्फ जाँदै गर्दा अनियन्त्रित भई चन्दननाथ नगरपालिका ७ स्थित खल्ला चौरमा दुर्घटना हुँदा १ जनाको मृत्यु र ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीले जानकारी दिएका छन् ।
दुर्घटनाबाट मृत्यु हुनेमा चन्दननाथ नगरपालिका – ९ का वर्ष ४८ का जोखे सार्कीको उपचारको क्रममा गए राती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक रसाइलीले बताएका हुन ।
घाइते हुनेमा चन्दननाथ नगरपालिका – ९ तलिउमका वर्ष २९ कि देबु सार्कि, तलिउमकै ३५ वर्षकी मैनामुरली सार्की र चन्दननाथ – ९ तलिउमकै वर्ष ४८ की रंगा सार्की र ट्याक्टर चालक वर्ष २२ का सन्तोष सार्की रहेको रसाइलीले बताएका छन् ।
सडक बाट करिब २० मिटर तल खसेको थियो । अहिले घाइतेहरूलाई उद्धार गरी उपचारको लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पुर्याएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।