Harsamaya
महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई कामकाज गर्न दिन उच्च अदालतको आदेश
काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डे ।

काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । 

बिहीबार उच्चका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा आदेश गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बन कारबाही कार्यान्वयन नगर्न आदेश दिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई गत जेठ २० गते  ६ महिनाका लागि निलम्बन गरेका थिए । उक्त निलम्बनविरुद्ध पाण्डेले मंगललबार उच्चमा उत्प्रेषणको रिट दायर गरेका थिए ।

निवेदनको टुङ्गो नलागेसम्म पाण्डेलाई पदमा रही कामकाज गर्न दिन अन्तरिम आदेश जारी भएको हो ।

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update