Harsamaya
३ लाख धरौटीमा रिहा भए अशोक यादव
मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य अशोक कुमार यादव ।

सर्लाही - नेकपा नेता तथा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य अशोक कुमार यादव ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश मनोजकुमार श्रीवास्तवको इजलासले बुधबार यादवलाई ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

यादवविरुद्ध आपराधिक उपद्रव तथा कुटपिट गरी अंगभंग गरेको आरोपमा मुद्दा दर्ता भएको थियो ।

उनी गत भदौ २३ गते ललितपुरको धापाखेलबाट पक्राउ परेका थिए। पक्राउपछि उनलाई सर्लाही ल्याई अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो ।

अदालतको आदेशपछि धरौटी बुझाएर उनी रिहा भएका हुन् ।

प्रकाशित मिति: बिहीबार, असोज १५, २०८३  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update