Harsamaya
आईजीपी विवाद : छलफलका लागि दुवै पक्षलाई झिकाउन आदेश
निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की ।

काठमाडौं - प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्नुपर्ने मागसहित निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाइ छलफलका लागि उपस्थित हुन आदेश दिएको छ ।

बुधबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको हो । तर पूर्ण आदेश भने सार्वजनिक भइसकेको छैन ।

बुधबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश पौडेलको इजलासले अन्तरिम आदेश छलफलमा झिकाउने आदेश दिएको हो । 

कात्तिक १८ गते कार्कीलाई सरकारले हटाएपछि कार्कीले दिएको रिट २० गते दर्ता भएको थियो। रिटको पहिलो सुनुवाइ बुधबार भएको हो। 

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update