वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरीले हान्यो अश्रुग्यास (भिडियोसहित)
शनिबार, जेठ ३, २०८२
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रम्दैयास्थित वान्डरल्याण्ड वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।
कोशीको नयाँ सुरक्षा चुनौती : ‘साइबर क्राइम’ (भिडियोसहित)
शनिबार, जेठ ३, २०८२
प्रदेशको वस्तुस्थितिका आधारमा प्रत्येक वर्ष आयोजना हुने गोष्ठीमा प्रदेशको सुरक्षाका विषयमा गम्भीर छलफल हुने गर्दछ । त्यसले आगामी दिनको कार्य योजना र लक्ष तय गरी आवश्यक निर्णय लिइन्छ ।
डिजिटल कर्णालीको नारा सात बर्षदेखि गुरुयोजनामै सीमित
शनिबार, जेठ ३, २०८२
कर्णालीका अधिकांश जिल्लामा विद्युतको राष्ट्रिय प्रसारण लाइन विस्तार भएपनि आकाशमा बादल मडारिँदा बिजुली बन्द हुन्छ । पानी परेको दिन त अधिकांश जिल्लामा दिनहुँ पनि बिजुली बन्द रहने अवस्था छ
कर्णालीको बजेटका सिद्धान्त र प्राथमिकता : आलोचना र बचाउमा सांसदहरू
शनिबार, जेठ ३, २०८२
बजेटका सिद्धान्त र प्राथमिकता हेर्दा कर्णालीबासीले आशा गर्ने ठाउँ नभएको शर्माको बताए । बजेटका सिद्धान्त, उद्देश्य र प्राथमिकता नै के हुन् भन्ने स्पष्ट नभएको उनको भनाई छ । कर्णालीको वस्तुगत र आत्मगत अवस्था नै पहिचान नगरी विनियोजन विधेयक आएको भन्दै उनले आक्रोश पोखे ।
दोस्रो उपत्यकाव्यापी खुला मेयर कपको उपाधि काठमाडौंले जित्यो
शनिबार, जेठ ३, २०८२
गएको वर्ष सम्पन्न पहिलो खेलमा पनि महानगरपालिका विजेता भएको थियो । यस वर्षको फाइनल खेलको निर्धारित समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि दुवै टीमलाई ५/५ पेनाल्टी गोलको अवसर दिइएको थियो । यसमा दुवै टीमले सबै गोल प्रहार गरे । त्यसपछि दिइएको ३/३ पेनाल्टी गोलको अवसरमा महानगरपालिकाले ३ र गोदावरी नगरपालिकाले...
काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सिप मेला गर्ने: आवेदन आव्हान
शनिबार, जेठ ३, २०८२
१० वटा क्षेत्रका ३४ विधामा प्रदान गरिने तालिमको सञ्चालन अवधि ३० दिनको हुनेछ । दैनिक ६ वटा कक्षा सञ्चालन गरेर १ सय घण्टा तालिम दिइनेछ ।
अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको नेपाली कांग्रेसको आरोप
शनिबार, जेठ ३, २०८२
नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका उपनेता वीरेन्द्र प्रसाद सिंहले मुख्यमन्त्री सतीशकुमार सिंह र स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहलाई ज्ञापन पत्र बुझाउँदै तत्काल अस्पताल सञ्चालनका लागि काम अघि बढाउन मागसहित ध्यानाकर्षण गराएका छन् ।
८२ अर्ब ८२ करोड ३५ लाखको लेखापरीक्षण गर्दा ८५ करोड १७ लाख बेरुजू
शुक्रबार, जेठ २, २०८२
प्रतिवेदनमा एकीकृत वित्तीय विवरणमा राय, लेखापरीक्षण गरिएका निकायको विवरण, लेखापरीक्षणमा देखिएका बेरुजूको स्थिति, लेखापरीक्षणबाट देखिएका प्रमुख व्यहोराको सारांश, लेखापरीक्षण प्रतिवेदन कार्यान्वयनको स्थिति र भविष्यमा गर्नुपर्ने सुधार समावेश गरिएको महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक पाण्डेले बताए ।
बाह्रबिसे नगरपालिकाका मेयरले लेखे अख्तियारमा कार्यरत कर्मचारीलाई काज फिर्ताको पत्र
शुक्रबार, जेठ २, २०८२
मेयरले लेखेको पत्रमा भनिएको छ,‘यसरी काज खटाउँदा एक वर्षमा तीन महिना भन्दा बढी अवधिको लागि काज खटाउन पाइने छैन भन्ने व्यवस्था भएकाले ७ दिनभित्र बाह्रबिसे नगरपालिकामा काज फिर्ता हुनुहुन अनुरोध छ। अन्यथा तपाईंको तलब भत्ता यस कार्यालयबाट भुक्तानी नहुने व्यहोरा समेत अनुरोध छ ।’
बेरुजु घटाउँदै जुम्लाका स्थानीय तह
शुक्रबार, जेठ २, २०८२
पालिकागत रूपमा बेरुजु घटबढ भए पनि समग्रमा गत वर्षको तुलनामा स्थानीय तहको बेरुजु घट्दै गएको हो । यस हिसाबले स्थानीयका कर्मचारी र जनप्रतिनिधि बजेट खर्चलाई मितव्ययी र नियम संगत बनाउन जोड दिइरहेको देखिन्छ ।आठै पालिकाको समग्रमा ३० करोड बेरुजु आउँदा सबैभन्दा कम बेरुजु आउनेमा चन्दननाथ नगरपालिका पहिलो भएको छ ।...
कर्णाली राजमार्गबाट भ्यान नदीमा खस्यो, दुईजना घाइते
बिहीबार, जेठ १, २०८२
घाइते हुनेमा चालक २०वर्षीय दिनेश नेपाली र हिमा गाउँपालिका ६ महावैपाथर खोलाका ५५ वर्षीय धनराज अधिकारी रहेका छन् ।
इन्द्रावती गाउँपालिकाको सबैभन्दा कम बेरुजू, दुलालले गरेका थिए योजना कार्यान्वयनमा कडाइ
बुधबार, वैशाख ३१, २०८२
त्यस्तै, सिन्धुपाल्चोककै लिसंखु पाखर गाउँपालिकाले भने सबैभन्दा बढी बेरुजू देखाएको छ। उक्त गाउँपालिकाको बेरुजू १ करोड ६० लाख ९६ हजार रुपैयाँ पुगेको छ, जुन लेखापरीक्षण रकमको ७.५७ प्रतिशत हो।
दुधमति नदी उत्खन्न र विकास कार्य अघि बढाउन समितिहरू गठन गर्ने निर्णय
बुधबार, वैशाख ३१, २०८२
आयोजनालाई प्रभावकारी रूपमा संचालन तथा व्यवस्थापन तथा प्रचार प्रसारका लागि दुधमति नदी उत्खन्न तथा विकास कार्यविधि, २०८१ को दफा ७ (ख) बमोजिम व्यवस्थापन समिति, प्राविधिक समिति र प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरिएको जनाइएको छ ।
साताको लोकप्रिय

