अपर म्याग्दी–१ को बाँध निर्माण सुरु
बुधबार, फागुन ७, २०८१
गाउँपालिका अध्यक्ष पुन, पूर्वअध्यक्ष थमसरा पुन, धवलागिरी–४ का वडाध्यक्ष यामप्रसाद घर्तिमगरलगायत जनप्रतिनिधी र स्थानीय अगुवाको उपस्थितिमा बाँध निर्माण कार्यको शुभारम्भ गरिएको हो। जग्गा व्यवस्थापनको काम सकेर म्याग्दी नदीको दायाँतर्फ ढलान गरेर औपचारिक रुपमा बाँधको पक्की संरचना निर्माण सुरु गरिएको आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए।
नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव
बुधबार, फागुन ७, २०८१
गोरखा नगरपालिका–६, स्थित नयाँबस्तीमा सञ्चालन हुँदै आएको गोरखा मनकामना नेपाली हाते कागज उद्योगले आवश्यकता अनुसार कच्चा पर्दाथको नपाउँदा समस्या हुँदै आएको उद्योगका सञ्चालक पासाङ निमा शेर्पाले बताए ।
यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य
बुधबार, फागुन ७, २०८१
कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
सुदूरपश्चिम प्रदेशका एक लाख ४३ हजारभन्दा बढीलाई लगाइयो एचपिभी खोप
बुधबार, फागुन ७, २०८१
सुदूरपश्चिम प्रदेशका एक लाख ४३ हजार चार सय ८९ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइएको छ ।
पोखरामा बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिक पक्राउ
मंगलबार, फागुन ६, २०८१
गत फागुन ३ गते भ्रमण वर्ष उद्घाटन क्रममा हाइड्रोजन भरिएको बेलुनमा ब्यानर टाँगेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट उडेको आगोको झिल्कोले बेलुन विस्फोट भएको थियो। सोही दिन कमलेसलाई पक्राउ गरेको प्रहरीले बताएको छ।
नवलपुर माविले मनायो ७६ औं वार्षिकोत्सव: विद्यालय अक्षयकोष संचालनमा ल्याउने
मंगलबार, फागुन ६, २०८१
शिक्षाको क्षेत्रमा एकपछी अर्को सफलता प्राप्त गर्दै नवलपुर मावि अघि बढेकोमा उनले खुशी व्यक्त गरे। गाउँपालिका भित्रको शैक्षिक क्षेत्र लाई उकास्न थुप्रै संघ संस्थाले सहयोग गरेको बताउँदै अध्यक्ष नेपालले विद्यालयको भौतिक व्यवस्थापन र आर्थिक व्यवस्थापन हिसाबले नवलपुर माविलाई नमुना माध्यमिक विद्यालय अघि बढाउन ४ ओटा पक्ष चाहिने उनले बताए। दक्ष...
प्रादेशिक अस्पताल गौर मधेश प्रदेशमा उत्कृष्ट
मंगलबार, फागुन ६, २०८१
प्रादेशिक अस्पताल गौर मूल्यांकनको आधारमा कुल ८९ प्रतिशत नम्बर ल्याएर मधेश प्रदेश को ६ वटा प्रादेशिक अस्पतालमध्ये १ नम्बर र देशकै ५० बेडका २० प्रादेशिक अस्पतालमध्ये टपटेनमा पर्न सफल भएको मेडिकल सुपरीटेन्डेन्ट डा. मुरारी ठाकुरले बताए।
वन्यजन्तुबाट क्षति व्यहोरेका ३७ परिवारलाई राहत वितरण
मंगलबार, फागुन ६, २०८१
राप्तीसोनारी गाउँपालिकामा ३३ परिवार, खजुरा गाउँपालिकाका एक, वैजनाथका एक र कोहलपुर नगरपालिकाका दुई परिवारलाई क्षतिपूर्ति वितरण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका सिनियर वन डिभिजनल अधिकृत शंकरप्रसाद गुप्ताले दुई वर्षको अवधिमा वन्यजन्तुबाट मानवीय तथा पशुधनको क्षति भएका ३७ परिवारलाई राहत वितरण गरिएको जानकारी दिए।
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
मंगलबार, फागुन ६, २०८१
गुफाभित्र तीन वटा कोठा छन् । परापूर्वकालमा लामाहरूले खाना पकाउन र ध्यान बस्नका लागि प्रयोग गरेका सामग्रीहरू गुफामा अवलोकन गर्न पाइन्छ । स्याङखोलाको किनारमा रहेको पहाडको भित्तामा गुफा रहेको छ । स्याङखोलाको मोटरेबल पुलदेखि १० मिनेट पैदलयात्रा गरेपछि गुफामा पुगिन्छ ।
देवघाट महा–महोत्सवमा २७ करोडभन्दा बढी संकलन
सोमबार, फागुन ५, २०८१
महा–महोत्सवका संयोजक डा केशवराज भुर्तेलका अनुसार देश विदेशबाट यहाँ आएका करिब ३० लाख भक्तजनबाट सो रकम संकलन गरिएको हो । उनले महोत्सव सम्पन्न गर्न रु तीन करोड ४८ लाख ४८ हजार एक सय सात खर्च भएको पनि जानकारी दिए ।
चौदण्डीगढी नगरपालिकाले सरकारी जग्गा खाली गराउन चलायो डोजर
सोमबार, फागुन ५, २०८१
सरकारी जग्गा संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएकोले बजार क्षेत्रमा रहेका नदी उकास जागा भित्र रहेका, अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन थालिएको चौदण्डीगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले जानकारी दिए ।
धरानमा कालोमोसो दल्ने ‘नो केबुलकार’ समूहका ८ जना विरुद्ध पक्राउ पुर्जी जारी
सोमबार, फागुन ५, २०८१
उनीहरूलाई आपराधिक उपद्रो व्यवहार ऐन अन्तर्गत मुद्दा दर्ता गरिए लगत्तै सोमबार माबोले इलाका प्रहरी कार्यालय धरानमा आफूलाई कालो मोसो दल्ने ८ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । उजुरी लगत्तै प्रहरीले अभियुक्त ८ जना विरुद्ध जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जीको अनुमति लिएको छ।
होस्टल नियमन गर्दै काठमाडौं महानगर, बनायो यस्तो मापदण्ड
सोमबार, फागुन ५, २०८१
आफ्नै घरमा आफैँले सञ्चालन गरेको जग्गाको लालपुर्जा र भाडामा भवन लिएको भए सम्झौताको प्रतिलिपि बुझाउनु पर्छ । स्थलगत अनुगमन तथा वस्तुस्थितिको जाँच पछि मात्रै महा नगरपालिकाको शिक्षा विभागले सञ्चालन अनुमति दिनेछ ।
साताको लोकप्रिय

