Harsamaya

मुगु - मुगुको खत्याड गाँउपालिका-११ का विभिन्न बस्तीहरुमा बस्दै आएकी गरिब, बिपन्न, एकल महिलाहरु आय आर्जनका लागि गुन्द्री बुन्ने पेशाका सक्रिय हुन थालेका छन्। पराल, केराका पातहरुलाई सदुपयोग गर्दै उनीहरुले गुन्द्रीबाट राम्रो आम्दानी समेत गर्दै आइरहेका छन् ।

पालिकाभित्रका गाउँहरुमा धान र केरा खेती धेरै हुने भएकाले खेर गइरहेका पराल र केराका पातहरुको सदूपयोग गरेर उनीहरुले आय आर्जन गरिरहेका हुन् ।

‘गरिवसंग विश्वेश्वर’ कार्यक्रम अन्तर्गत वडा नम्बर ११ कोटडाडा, रातापानी, डाडिया बस्तीमा बस्दै आएकी गरिव ,एकल ,बिपन्न बर्गभित्र रहेका तीन समूहका ४० भन्दा बढी  महिलालाई उक्त काममा सक्रिय छन् ।

गुन्द्री बुन्ने तालिम लिएपछि धेरै महिला आत्मनिर्भर भइसकेको सामाजिक परिचालिका आशा शाहीले बताइन् ।

शाहीका अनुसार चुलोचौकोमा व्यस्त हुनुपर्ने हामी गरिब महिलाहरुलाई गरिबसंग विश्वेश्वर कार्यक्रमबाट बिगतका बर्षहरुमा बेमौसमी र मौसमी तरकारी खेती गरेको र हाल गुन्द्री बुन्न सिकेका हुन् ।

घरखर्च चलाउन कुनैपनि आर्थिक स्रोत नभएको हुँदा अब  गुन्द्री बुनेर आम्दानी गरी घर खर्च चलाउने उद्देश्य राखेको स्थानीय लालमती कार्कीले बताइन् ।

गुन्द्री तयार गर्ने तालिमले गाँउघरमा खेरजाने पराल र केराका पातहरु प्रयोगमा आउने प्रशिक्षक जय पुरा कार्कीले बताइन् । - दान बहादुर बुढा

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update