
हेटौँडा - नेपाली कांग्रेसका प्रदेशसभा सांसद प्रभात तामाङले बागमती प्रदेश सरकारलाई ‘रकम वितरण केन्द्र’ भनेर टिप्पणी गरेका छन्।
प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेटमाथि छलफल गर्दै तामाङले यस्तो टिप्पणी गरेका हुन्। उनले भने, ‘यस्तो बजेट ल्याउने हो भने यो सरकार होइन, रकम वितरण केन्द्र भन्नुपर्छ।’
उनको भनाइमा प्रदेश सरकारले लक्षित र प्रभावकारी बजेट बनाउन सकेको छैन। ‘यही तरिकाले जाने हो भने प्रदेशको विकास सम्भव छैन,’ उनले चेतावनी दिए । सांसद तामाङले बजेट गन्तव्यमा पुग्न नसक्ने खालको रहेको भन्दै सरकारलाई थप जिम्मेवार बन्न आग्रह गरे।
उक्त बजेटलाई कांग्रेसकै अन्य सांसदहरूले पनि आलोचना गर्दै आएका छन्। उनीहरूले मुख्यमन्त्री तथा अर्थमन्त्रीले आफ्नो क्षेत्रमा मात्र बजेट केन्द्रित गरेको आरोप लगाएका छन्।
प्रदेश सरकारले आगामी वर्षका लागि कुल रु. ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार को बजेट प्रस्ताव गरेको छ।