फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने
बुधबार, माघ ७, २०८२
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकेको छ ।
२ हजार ९२५ जनाको उम्मेदवारी दर्ता, उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने
बुधबार, माघ ७, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ उम्मेदवारी दर्ता उत्साहजनक रूपमा सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत हालसम्म २ हजार ९२५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
बेलुकी ६ बजेसम्म २९२५ को उम्मेदवारी दर्ता (भिडियोसहित)
मंगलबार, माघ ६, २०८२
माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएको उम्मेदवारको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ ।
निर्वाचनको लागि भारत सरकारले दियो ६१ वटा गाडी हस्तान्तरण
मंगलबार, माघ ६, २०८२
उनले भने ,‘भारत सरकारबाट प्राप्त हुने गाडीहरुको आज पहिलो चरणको हस्तान्तरण भएको छ । आज ६१ वटा गाडी हस्तान्तरण भएको छ । विभिन्न प्रकारका ५३८ वटा गाडी भारत सरकारले निर्वाचनलाई मध्यनजर गरेर सुरक्षा निकायलाई प्राप्त हुँदैछ ।’
निर्वाचनको कार्यतालिका संशोधन नहुने आयोगको स्पष्टोक्ति
सोमबार, माघ ५, २०८२
कार्यतालिका बनाएर थुप्रै कार्यसम्पादन गरेर अब माघको ६ गते मनोनयन पत्र दाखिल गर्ने समय आएको उनले बताए । उनले मनोनयन दाखिला प्रक्रियाको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिए ।
८९ लाख १७ हजार मतपत्र छापियो
सोमबार, माघ ५, २०८२
आयोगले कूल दुई करोड आठ लाख ३० हजार मतपत्र छपाई गर्ने लक्ष्य राखेको छ । कुल मतदाता भन्दा केही प्रतिशत बढी मतपत्र छपाई गर्नुपर्ने आयोगले जनाएको छ ।
प्रतिनिधिसभा निर्वाचनः समानुपातिक उम्मेदवारको संख्या ३ हजार २१३
आइतबार, माघ ४, २०८२
समानुपातिक तर्फबाट ११० जना र प्रत्यक्ष तर्फबाट १६५ जना निर्वाचित हुन्छन् । ११० सिटका लागि ६३ राजनीतिक दलबाट ३ हजार २१३ जना उम्मेदवारको नाम पेस भएको निर्वाचन आयोगले जनाएको छ।
उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने
आइतबार, माघ ४, २०८२
पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि यही माघ ६ गते हुने मनोनयन पत्र दर्ता गर्दा उम्मेदवारको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा मतदाता परिचय पत्रको प्रतिलिपि, कुनै स्थानीय तहको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा आवश्यक पर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।
निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने
आइतबार, माघ ४, २०८२
आयोगको आजै बसेको बैठकले निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने निर्णय गरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए ।
कांग्रेसको विवादबारे विधिसम्मत ढंगले निर्णय लिनेछौं : भण्डारी
शुक्रबार, माघ २, २०८२
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले विधि, पद्धति, संविधान, ऐन, कानून र नियमको परिधिभित्र रहेर मात्रै निर्णय गर्ने बताएका छन् ।
राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान
मंगलबार, पुस २९, २०८२
बागमती प्रदेशमा एक महिला र एक अन्य गरी दुई सिटका लागि हुने निर्वाचनका निम्ति विभिन्न चार दलबाट तीन महिला र तीन पुरुष गरी ६ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
नुवाकोटमा आठ हजार मतदाता बढे
मंगलबार, पुस २९, २०८२
उनका अनुसार यो सङ्ख्या २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा भन्दा आठ हजार ११२ बढी हो ।
निर्वाचनमा सुरक्षाको विषयलाई लिएर सरकार असाध्यै सचेत छ : प्रमुख आयुक्त भण्डारी
सोमबार, पुस २८, २०८२
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार र सुरक्षा निकायहरुसँग आयोगले धेरै छलफल गरेको भन्दै शान्ति सुरक्षाको विषयमा सरकार असाध्यै सचेत रहेको बताए ।
साताको लोकप्रिय

