निर्वाचन आयोगद्वारा कँडेलको उम्मेदवारी खारेज, थापा बने कांग्रेस उम्मेदवार
काठमाडौं- निर्वाचन आयोगले नवलपरासी क्षेत्र नम्बर २ मा देखिएको कांग्रेस उम्मेदवारी विवाद टुङ्गिएको छ ।
काग्रेसबाट देवेन्द्रराज कँडेल र भीमबहादुर थापा (भरत)ले टिकट ल्याएपछि उम्मेदवारीको विषयमा विवाद भएको थियो । थापाले मंगलबार जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पहिलो उम्मेदवारी दर्ता गराएका थिए ।
थापाभन्दा पछि पुगेका कँडेलको उम्मेदवारीलाई निर्वाचन अधिकृतको कार्यालयले दर्ता नम्बर उल्लेख नगरी क्रमसंख्या मात्र राखेर कायम गरेको थियो ।
उम्मेदवारी विवादपछि आयोगले पहिलो दर्ता गर्नेलाई आधिकारिकता दिएपछि थापाको उम्मेदवारी कायम भएको हो । कँडेलको उम्मेदवारीलाई आयोगले रद्द गरिदिएको छ । कँडेल निवर्तमान केन्द्रीय सदस्य एवं पूर्वगृहराज्यमन्त्री समेत हुने ।
प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२ १९:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

