Harsamaya
रामहरि खतिवडाले बुझाए सभामुखलाई राजीनामा पत्र
प्रतिनिधिसभा सदस्य रामहरि खतिवडा राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट लिखित राजीनामा पत्र सभामुख देवराज घिमिरेसमक्ष बुझाउँदै ।

काठमाडौं - प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका छन् । सांसद खतिवडाले लिखित राजीनामा पत्र सभामुख देवराज घिमिरेसमक्ष बुझाएका हुन्  ।

बुधबार साउन २८ गतेबाट लागू हुने गरी उनले राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका हुन् । 

उनले मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधिसभाको बैठकमा समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम राजीनामा दिएका हुन् ।  
 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update