Harsamaya
स्रोत नखुलेको रकमसहित भारतीय पक्राउ
सांकेतिक तस्वीर ।

रौतहट - गौर नगरपालिका-२ महादेवपट्टी टोलबाट स्रोत नखुलेको नगद ३ लाख रूपैयाँसहित भारत बिहार सितामढी बैरगनिया नगरपंचायत-१३ बाबालाल दास मठ टोल बस्ने ४३ वर्षीय महेश कुमारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय रौतहट र अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update