Harsamaya
उत्तरी गाजामा स्वास्थ्य सेवा प्रदान गर्ने अन्तिम अस्पताल पनि बन्द
उत्तरी गाजामा स्वास्थ्य सेवा प्रदान गर्ने अन्तिम अस्पताल पनि बन्द भएको छ।

काठमाडौं - उत्तरी गाजामा स्वास्थ्य सेवा प्रदान गर्ने अन्तिम अस्पताल पनि बन्द भएको छ। अस्पतालका निर्देशकले इजरायली सेनाले अस्पताललाई तुरुन्तै खाली गर्न आदेश दिएको बताएका छन् । डा. मोहम्मद सलहाले बीबीसीलाई बताएअनुसार ‘दुई हप्ताको घेराबन्दी’ पछि बिहीबार साँझ जबालियाको अल-अवदा अस्पतालबाट बिरामीहरूलाई बाहिर निकालिएको थियो।

उनका अनुसार, अब  ‘उत्तरमा कुनै पनि स्वास्थ्य सुविधाहरू कार्यरत छैनन्।’ इजरायली रक्षा बल (IDF) बाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। युद्धविराम प्रयासहरू चलिरहेका बेला यो घटना बाहिर आएको हो।

हमासले अमेरिकी युद्धविराम योजनाको ‘ध्यान पूर्वक समीक्षा’ गरिरहेको बताएको छ । गाजामा इजरायलको सैन्य कारबाही जारी छ। गाजाको स्वास्थ्य मन्त्रालयले शुक्रबार इजरायली आक्रमणमा विगत २४ घण्टामा कम्तीमा ७२ जनाको मृत्यु भएको बताएको छ।

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update