Harsamaya

काठमाडौं  - बबरमहल आर्ट ग्यालरीमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी २०२५ भइरहेको छ । बिके आर्ट ग्यालरीले आयोजना गरेको प्रदर्शनीमा ८ देशका २१ कलाकारका ४१ वटा आर्ट प्रदर्शनीमा राखिएको छ । जर्मन, दक्षिण कोरिया, नेपाल, श्रीलंकालगायत देशका कलाहरू प्रदर्शनीमा राखिएका छन् । 

विभिन्न देशका आर्टिस्टहरूलाई कनेक्ट गराउने उद्देश्यले यस्ता प्रदर्शनी राखिएको बिके आर्ट ग्यालरीका संचालक नरबहादुर बिकेले जानकारी दिए । प्रदर्शनीमा राखिएका आर्टहरू २० हजारदेखि ४ लाख ५० हजार मूल्यका रहेका छन् । अहिलेका समसामयिक आर्टहरू प्रदर्शनीमा रहेका छन् । 

‘बेच्ने भन्दा पनि प्रदर्शनीका लागि आर्टहरू राखिएका हुन्’, बिकेले भने, ‘हाम्रो संस्थाको उद्देश्य विभिन्न देशहरूका कलाकारहरूबीच कनेक्ट गर्नु हो ।’ सरकारले आर्टमा गरेको लगानी पर्याप्त नभएको बिकेले गुनासो गरे । नेपाल प्रज्ञा परिषाद्मार्फत आर्टमा सरकारले लगानी गरेको उनले बताए । 

आर्टहरू किन्दा विचार गरेर किन्न पनि उनले सुझाव दिए । ‘आर्टको हिष्ट्रि पढ्नुपर्छ, बुझ्नुपर्छ अनि चिनेर किन्नुपर्छ’, उनले भने । आफू सक्षम भयो भने सरकारले पनि खोजी खोजी अवसर दिने गरेको उनले बताए । ‘आफू केही नगर्नेले सरकारको क्रिटिसाइज गर्छ’, उनले भने । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update