शेखरले भेटे स्वामी कैलाशानन्द महाराज, लगत्तै पुगे देउवा

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले नेपालको धार्मिक भ्रमणमा आएका स्वामी कैलाशानन्द गिरी महाराजसँग भेटघाट गरेका छन् । काठमाडौंमा बिहीबार कोइरालाले भारतको निरञ्जनी अखडाका प्रमुख महाराजसँग भेटघाट गरेका हुन् ।
भेटघाटमा पूर्व गृहमन्त्री बालकृष्ण खाँड, स्वतन्त्र सांसद अमरेश कुमार सिंह र पूर्व सांसद प्रमोद यादव लगायत सहभागी थिए । स्वामी कैलाशानन्द गिरी महाराज धार्मिक भ्रमणका क्रममा नेपाल आएका छन् । शेखरले भेटे लगत्तै काँग्रेस सभापति शेर बहादुर देउवा उनलाई भेट्न गोकर्ण रिसोर्ट पुगेका थिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२ १९:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय