जनकपुरमा पुरानो रिसइबीका कारण चक्कु प्रहार, एकको मृत्यु, एक गम्भीर घाइते
जनकपुरधाम - धनुषाको जनकपुरधाम उपमहानगरपालिका–५ रहिम पथनजिक पुरानो रिसइबीका कारण चक्कु प्रहार हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
चक्कु प्रहारबाट जनकपुरधाम उपमहानगरपालिका–५ सोनारपट्टी दाहा चोकका २४ वर्षीय आमिन साफीको मृत्यु भएको हो। सोही स्थानका २५ वर्षीय इम्तियाज राईन गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार दुवै जनाको छाती तथा पेटमा धारिलो हतियार प्रहार भएको थियो। घाइते राईनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।
घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका २२ वर्षीय मोहमद इलसाद खानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धानका लागि उनकी ४२ वर्षीया आमा सैमुन खातुनलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३ ११:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

