सिन्धुपाल्चोक - नेपाली कांग्रेस सुनकोशी गाउँपालिकाको सभापतिमा अधिराजकुमार बस्नेत सर्वसम्मत निर्वाचित भएका छन्।
नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत मंगलबार भएको गाउँपालिका अधिवेशनबाट बस्नेत सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन्। अधिवेशनमा महासमिति सदस्य रामकुमार थापाको प्रमुख आतिथ्यता रहेको थियो।
सभापतिमा निर्वाचित भएपछि बस्नेतले आफूलाई सर्वसम्मत रूपमा जिम्मेवारी प्रदान गरेकोमा गाउँपालिकाका अग्रज नेता, क्षेत्रीय प्रतिनिधि, वडा इकाइ सभापति, पदाधिकारी तथा क्रियाशील सदस्यप्रति आभार व्यक्त गरेका छन्।
उनले गाउँपालिका अधिवेशन सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आफूलाई प्राप्त विश्वासलाई आत्मसात् गरेर कांग्रेसको संगठनलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउन इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

