Harsamaya
महामन्त्रीमा प्रदीप पौडेलले गराए उम्मेदवारी दर्ता
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ।

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुनः महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका छन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार पौडेलले महामन्त्री पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । 

कांग्रेसको संशोधित विधानअनुसार यसपटक दुई खुला र एक महिला गरी तीन महामन्त्री रहने व्यवस्था गरिएको छ।

खुलातर्फ महामन्त्री पदका लागि यसअघि डा. सुनिल शर्मा, नैनसिंह महर र शंकर तिवारीले उम्मेदवारी दर्ता गराइसकेका छन्।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update