Harsamaya
हुण्डी कारोबारको आशंकामा नेपाली र भारतीय रुपैयाँसहित एक जना पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

रौतहट - गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय अगाडिबाट हुण्डी कारोबारसम्बन्धी कसुरको आशंकामा एक जना पक्राउ परेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एआर २४९५ नम्बरको टिभिएस राइडर मोटरसाइकलमा सवार गौर नगरपालिका–१ का ४२ वर्षीय शेराज अलिलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको हो ।

मोटरसाइकल चेकजाँच गर्दा उनको साथबाट नेपाली रुपैयाँ १ लाख १६ हजार ५०० र भारतीय रुपैयाँ १ लाख बरामद भएको प्रहरीले जनाएको छ ।

अलिलाई हुण्डीसम्बन्धी कसुरमा नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३  २१:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update