Harsamaya
श्रीमतीको  कुटपिट पछि मृत्यु, श्रीमान् पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

बारा - निजगढ नगरपालिका–१२ रामथलीमा श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले ५५ वर्षीय विजय मोक्तानलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार मोक्तानले घरायसी विवादका क्रममा ४७ वर्षीया श्रीमती सुकुमाया मोक्तानलाई लहराको टुक्राले कुटपिट गरेका थिए । कुटपिटबाट सामान्य घाइते भएकी सुकुमायाको स्थानीय मेडिकलबाट चिकित्सक बोलाएर घरमै जाँच तथा औषधि उपचार गरिएको थियो ।

६ गते राति ८ बजे खाना खाएर सुतेकी सुकुमायालाई भोलिपल्ट बिहान ४ बजे श्रीमान् विजयले उठाउन खोज्दा नउठेपछि उनको मृत्यु भएको थाहा भएको थियो । घटनाबारे बिहान ६ः४० बजे अस्थायी प्रहरी पोष्ट रतनपुरमा जानकारी गराइएको थियो ।

जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले कानुनी प्रक्रिया पूरा गरी सुकुमायाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बारा पठाएको छ ।

घटनामा संलग्न विजयलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३  १९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update