Harsamaya
बर्दियाबाट ३४९ ग्राम हेरोइनसहित एक जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - बर्दियाबाट लागूऔषध नियन्त्रण ब्युरोले ३४९ ग्राम ३६० मिलिग्राम हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।

भारतबाट लागूऔषध खैरो हेरोइन ल्याई लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बिक्री गर्ने गरेको सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले बर्दियाको बढैयाताल गाउँपालिका–२ बाट उनलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका–२ ठेगाना भएका ५२ वर्षीय द्विदे सुनार रहेका छन्। उनको साथबाट ३४९ ग्राम ३६० मिलिग्राम खैरो हेरोइन र एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सुनारलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय मैनापोखरा, बर्दिया बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  १९:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update