Harsamaya
२ करोड ६५ लाख ठगी आरोपमा सिन्धुपाल्चोकका गणेश भण्डारी पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

ललितपुर - बैंकिङ कसुर तथा चेक अनादरसम्बन्धी १२ वटा मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले ललितपुरको बालकुमारीबाट पक्राउ गरेको छ।

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–६ घर भई हाल ललितपुर महानगरपालिका–१० बालकुमारी बस्दै आएका ३३ वर्षीय गणेश भण्डारीलाई फैसला कार्यान्वयनअन्तर्गत पक्राउ गरिएको हो।

प्रहरीका अनुसार भण्डारी १२ वटा बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा २ करोड ६५ लाख ३४ हजार ९ सय ५८ रुपैयाँ बराबरको ठगीमा संलग्न रहेको ठहर भएको थियो।

अदालतको फैसलाअनुसार उनलाई १६ दिन कैद र १ करोड ५८ लाख ५४ हजार ६ सय ३० रुपैयाँ जरिवाना तोकिएको छ।

पक्राउ परेका भण्डारीलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update