‘बीभी नेपाल’को अनलाइन लगानी योजनाबाट सचेत रहन साइबर ब्यूरोको आग्रह
काठमाडौं - नेपाल प्रहरीले ‘BV Nepal’ नामक अनलाइन प्लेटफर्ममार्फत सञ्चालन भइरहेको बहुस्तरीय बजार प्रणाली सम्बन्धी योजनामा लगानी नगर्न सर्वसाधारणलाई सचेत गराएको छ।
साइबर ब्यूरोका अनुसार ‘Campus Vending Machine Asset Management Product – 110 Days’ नामक योजनामार्फत अस्वाभाविक रूपमा उच्च प्रतिफलको प्रलोभन देखाई अनलाइनमार्फत ठगी भइरहेको भन्ने गुनासो तथा जानकारी प्राप्त भएको छ।
ब्यूरोले ‘BV Nepal’ वा यस्तै प्रकारका अत्यधिक उच्च प्रतिफलको दाबी गर्ने एप्लिकेसन, वेबसाइट वा योजनामा पैसा लगानी नगर्न आग्रह गरेको छ।
यस्ता योजनासँग सम्बन्धित कुनै जानकारी भएमा तत्काल नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा सम्पर्क गरी उजुरी दर्ता गर्न समेत प्रहरीले अनुरोध गरेको छ।
प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३ १२:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

