चक्कु प्रहारबाट मजदुरको मृत्यु
बागलुङ - काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार आपसी विवादका क्रममा ढोरपाटन नगरपालिका–५ का २५ वर्षीय अर्जुन घर्तीले चक्कु प्रहार गर्दा ढोरपाटन नगरपालिका–७ का ४० वर्षीय अशोक खत्रीको घटनास्थलमै मृत्यु भएको हो।
घटना गएराति भएको प्रहरीले जनाएको छ। चक्कु प्रहार गर्ने घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई हत्या अभियोगमा हिरासतमा राखिएको छ।
घर्तीलाई थप अनुसन्धानका लागि हिरासतमा राख्ने अनुमतिका लागि जिल्ला अदालत बागलुङमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: बुधबार, साउन २७, २०८३ ११:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

