Harsamaya
जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी, कन्सल्टेन्सीका सीईओ पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - जापान पठाइदिने भन्दै ११५ जनाबाट २ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीका २९ वर्षीय प्रतीक बुढाथोकी रहेका छन्। उनलाई वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा साउन २५ गते बुटवलबाट पक्राउ गरिएको हो।

बुढाथोकीले ग्याट्स्बी इन्टरनेसनल प्रालि. नामक कन्सल्टेन्सीमार्फत ११५ जनालाई जापान पठाइदिने भन्दै उनीहरूबाट कुल २ करोड ८० लाख रुपैयाँ लिएको आरोप छ।

पक्राउ परेका बुढाथोकीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३  १७:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update