प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम असुल्ने पक्राउ
सर्लाही - प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम असुल्ने एक व्यक्ति सर्लाहीमा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार विष्णु गाउँपालिका–४ का ४० वर्षीय बेचन भन्ने अवधेश चौधरीलाई साउन २३ गते पक्राउ गरिएको हो।
चौधरीले आफू पक्राउ परेका व्यक्तिसहित विष्णु गाउँपालिका–८ का राजेन्द्र रायलाई प्रहरी कर्मचारीसँग प्रभावमा पारी मानिस छुटाइदिने भन्दै रकम लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
चौधरीलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ भने घटनापछि फरार रहेका राजेन्द्र रायको खोजी भइरहेको छ।
प्रहरीले प्रहरी सेवा निःशुल्क हुने भएकाले यस्ता गतिविधिबाट सजग रहन तथा कसैले रकम मागेको वा शंकास्पद गतिविधि गरेको जानकारी पाएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।
प्रकाशित मिति: सोमबार, साउन २५, २०८३ २१:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

