रेड नोटिस जारी भएका बलात्कार आरोपी कतारबाट पक्राउ
काठमाडौं - मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणीसम्बन्धी कसूरमा फरार रहेका धनुषाका मो. ताहिर राईन कतारबाट पक्राउ परेका छन्।
धनौजी गाउँपालिका–५ का राईन वारदातपछि फरार रहेकाले नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले २०२६ जुलाई २८ मा रेड नोटिस जारी गरेको थियो।
इन्टरपोल शाखा र एनसीबी दोहा, कतारको समन्वयमा पक्राउ परेका राईनलाई सोमबार कतार एयरवेजमार्फत काठमाडौं ल्याइएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इन्टरपोल शाखा (एनसीबी काठमाडौं) को टोलीले उनलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाएको छ।
प्रकाशित मिति: सोमबार, साउन २५, २०८३ १४:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

