Harsamaya
३०२ किलो गाँजासहित एक जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सप्तरी - सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–८ जोगिनियाबाट प्रहरीले ३०२ किलो ४८० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

शनिबार दिउँसो करिब २ बजे कोशी बाँधको पलारमा रहेको सरकारी खाली जग्गामा भारतका नन्दकिशोर मुखियाले लगाएको पटुवा खेतबारीबाट प्रहरीले १२ बोरा गाँजा बरामद गरेको हो।

बरामद गाँजा हनुमाननगर कंकालिनी नगरपालिका–७ मुखिया टोल बस्ने अन्दाजी ५३ वर्षीय माधुरी मुखियाको रहेको खुलेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बरामद गाँजाको तौल गर्दा ३०२ किलो ४८० ग्राम रहेको पाइएको छ। पक्राउ परेका मुखियामाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०८३  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update