सप्तरीमा १९० किलोभन्दा बढी गाँजा बरामद
सप्तरी - सप्तरीको राजगढ गाउँपालिका–१ कजराहा टोलस्थित पश्चिमतर्फ नहरको छेउबाट प्रहरीले १९० किलो ५२० ग्राम गाँजा बरामद गरेको छ।
प्रहरी चौकी झुट्की, सप्तरी र सशस्त्र प्रहरी बल बनेनिया, सप्तरी बेस क्याम्पबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्ती गर्ने क्रममा नहरको छेउमा बेवारिसे अवस्थामा रहेका ५ वटा बोरा फेला पारेको थियो।
प्रहरीले बोराभित्र रहेको गाँजा बरामद गरी घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। गाँजा कसले र कुन उद्देश्यले उक्त स्थानमा राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शनिबार, साउन २३, २०८३ १२:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

