चिकित्सक र नर्समाथि दुर्व्यवहार गरेको आरोपमा तीन जना नियन्त्रणमा
कालीकोट - कालीकोटको पलाता गाउँपालिका–९ स्थित पलाता अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार साउन २२ गते अस्पतालमा कार्यरत चिकित्सक एवं नर्समाथि दुर्व्यवहार तथा अभद्र व्यवहार गर्नुका साथै अस्पतालमा अनधिकृत रूपमा प्रवेश गरी सामान तोडफोड गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकाहरूमाथि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।
प्रकाशित मिति: शनिबार, साउन २३, २०८३ १२:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

