Harsamaya
५३ ग्राम हेरोइनसहित दुई जना पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

झापा - लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले ५३.४४० ग्राम हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

शनिबार मेचीनगर नगरपालिका–८ बाट पक्राउ गरिएको उनीहरूलाई सिटी सफारीमा बसेर लागूऔषध हेरोइन खरिद–बिक्री गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–११ का २३ वर्षीय सोमनाथ राजवंशी र मोरङको पथरी शनिश्चरे नगरपालिका–५ का २४ वर्षीय गणेश चौधरी रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट ५३.४४० ग्राम हेरोइन, दुई थान मोबाइल र लागूऔषध ओसारपसारमा प्रयोग भएको प्रदेश–०१–००२ ह ३६६९ नम्बरको सिटी सफारी बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०८३  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update