करिब १३१५ किलो गाँजा बरामद
काठमाडौं - प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट एक हजार ३१५ किलोग्राम अवैध लागुऔषध गाँजा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा रोकिराखेको प्र१-०२-००२ ख ००८३ नम्बरको ट्रकलाई जाँच गर्दा चालक बस्ने भाग र पछाडि ढालाको बीचमा लुकाइछिपाई राखिएको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले ट्रक चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३ २१:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

