Harsamaya
बागलुङमा सुनको रिङ लुट्ने युवक पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

बागलुङ - प्रहरीले एक महिलाको सुनको रिङ लुट्ने आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बरेङ गाउँपालिका–३ का १९ वर्षीय सन्दीप रुचालले सोही स्थानकी ६८ वर्षीया महिलालाई डरधम्की देखाई कानमा लगाएको करिब ४.३६ ग्राम तौलको सुनको रिङ लुटेका थिए।

घटनापछि इलाका प्रहरी कार्यालय बरेङबाट खटिएको प्रहरी टोलीले रुचाललाई पक्राउ गरी अनुसन्धान थालेको हो। प्रहरीले जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update