Harsamaya
सिमेन्टको बोराभित्र लुकाइएको २०७ केजी गाँजासहित पिकअप चालक पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

पर्सा - सिमेन्टको बोराभित्र लुकाएर ओसारपसार गरिँदै गरेको २०७ केजी गाँजासहित प्रहरीले पिकअप चालकलाई पक्राउ गरेको छ।

बिन्दवासिनी गाउँपालिका–५ तिलावे भिष्वा सडकखण्डमा सवारी जाँचका क्रममा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभाठ्टाबाट खटिएको टोलीले प्रदेश ३–०१–०२४ च ५३८५ नम्बरको टाटा योद्धा पिकअप रोकी जाँच गरेको थियो।

जाँचका क्रममा पिकअपभित्र सिमेन्टको बोरामा लुकाइछिपाइ राखिएको २०७ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

घटनामा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ निवासी ४८ वर्षीय चालक कृष्ण लामालाई पक्राउ गरिएको छ। प्रहरीले गाँजासहित पिकअप नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: बुधबार, साउन २०, २०८३  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update