Harsamaya
न्वारन पूजामा हजुरबुबाको कुटपिटपछि मृत्यु, नाति पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

सोलुखुम्बु - सोलुखुम्बुमा न्वारन पूजामा गएका आफ्नै हजुरबुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार सोलुदुधकुण्ड नगरपालिका–१ लुदु निवासी ५० वर्षीय कृष्णगोपाल विश्वकर्मा साउन १८ गते आफ्ना २३ वर्षीय नाति निरबहादुर विश्वकर्माको घरमा न्वारन पूजामा गएका थिए।

सोही क्रममा निरबहादुरले कुटपिट गर्दा कृष्णगोपाल गम्भीर घाइते भएका थिए। घाइते विश्वकर्माको उपचारका क्रममा साउन १९ गते मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न नाति निरबहादुर विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिई कर्तव्य ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update