Harsamaya
बजेट बाँडफाँटमा विवाद, मेलम्ची नगरसभाको बैठक स्थगित
मेलम्ची नगरपालिका ।

सिन्धुपाल्चोक - मेलम्ची नगरपालिकाको नगरसभा बैठक बजेट बाँडफाँटमा सहमति जुट्न नसकेपछि स्थगित भएको छ।

बजेट वितरणमा भागबन्डा नमिलेको आरोप लगाउँदै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बैठक बहिष्कार गरेपछि नगरसभा निर्धारित कार्यसूचीअनुसार अघि बढ्न सकेन।

नगरपालिकाले अर्को नगरसभा बैठक आगामी असार १७ गते बस्ने गरी तय गरेको जनाएको छ। बैठकमा बजेट बाँडफाँट सम्बन्धी विवाद समाधान गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्ने प्रयास गरिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: बुधबार, असार १०, २०८३  १४:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update