घट्यो सुनको मूल्य
काठमाडौं - स्थानीय बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला तीन हजार ३०० ले ओरालो लागेको छ ।
मङ्गलबार प्रतितोला दुई लाख ९५ हजार ३०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला दुई लाख ९२ हजारमा कारोबार हुनेगरी निर्धारण गरिएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा एक सय २५ ले ओरालो लागेको छ । मङ्गलबार प्रतितोला पाँच हजार ८५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला चार हजार ९६० निर्धारण गरिएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३ १३:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

