Harsamaya
सुनको तोलामा पाँच सयले बढ्यो
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, सोमबार प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि दुई लाख ९५ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले वृद्धि भएको छ । सोमबार प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने पाँच हजार ८५ रुपैयाँ निर्धारण भएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  ११:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update