Harsamaya
सुनको मूल्य बढ्यो
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ८०० ले वृद्धि भएको छ । 

आइतबार प्रतितोला दुई लाख ९४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला दुई लाख ९४ हजार ८०० मा कारोबार हुने गरी निर्धारण भएको छ ।

यस्तै, चाँदी प्रतितोला २० ले घटेको छ । आइतबार प्रतितोला पाँच हजार ६० मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला पाँच हजार ४० निर्धारण गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  ११:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update