Harsamaya
एमाले सचिवालय बैठक सोमबार‚ अन्तिम समयमा स्थगित

काठमाडौं- नेकपा (एमाले)को सचिवालय बैठक स्थागित भएको छ । आज दिउँसो एक बजेका लागि बैठक बोलाइएको थियो । 

दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बैठक बस्ने तयारी थियो । तर अन्तिम समयमा बैठक स्थगन भएको हो । एमाले स्रोतका अनुसार अब बैठक सोमबार बस्नेगरी स्थगन भएको हो ।

बैठकमा कार्यविभाजन, गत निर्वाचनको समीक्षालगायत छलफल हुन सक्ने छ । प्रदेश सरकारको समीकरण हेरफेरका बारेमा पनि कांग्रेस र एमालेबीच छलफल जारी छ ।

सत्ता समीकरणका लागि दुई दलबीचको सहमति कार्यान्वयनका लागि प्रदेश सरकारको नेतृत्व हेरफेर गर्ने तयारी भइरहँदा सचिवालय बैठकमा यस विषयमा पनि छलफल हुन सक्ने छ ।

एमाले अध्यक्ष ओलीको गिरफ्तारीपछि पहिलोपटक एमालेको सचिवालय बैठक बस्न लागेको हो ।

प्रकाशित मिति: शनिबार, जेठ २, २०८३  ०७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update